दुई समूहबीच झडप हुँदा एकको मृत्यु, तीन घाइते

  Sampatti News

September 19, 2023

रूपन्देही । सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् । तिलोत्तमा नगरपालिका-९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो । 

झडपमा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएको उनले बताए । 

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:September 19, 2023