एसिड प्रहारबाट दुईजना घाइते, एक जना प्रहरीकाे नियन्त्रणमा

Nepal Cover
२ आश्विन २०८०, मंगलवार
image

काठमाडौं : धादिङको गजुरी गाउँपालिका– २ मलेखुमा एसिड प्रहारबाट दुईजना घाइते भएका छ्न्। एसिड हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहान साढे ७ बजे धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुनचाँदी पसल सञ्चालक प्रविण विकले दुई जनालाई एसिड हानेका हुन्।  विकले सञ्चालन गरेको भद्रकाली सुन चाँदी पसलमा मादक पदार्थ सेवन गरी आएकासँग विवाद हुँदा उनले पसलमा रहेको एसिड हानेका थिए।

एसिड आक्रमणबाट बेनिघाट रोराङ-३ का १८ वर्षीय दिपेश क्षेत्री र सोही ठाउँका ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएका छन्। ​उनीहरुको अवस्था सामान्य रहेको धादिङ प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। एसिड हान्ने प्रविणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।