सरकारले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

Nepal Cover
२ आश्विन २०८०, मंगलवार
image

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।

महासङ्घले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

बुधबारदेखि देशभरका विद्यालय ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको महासंघले वार्ताका लागि शिक्षा मन्त्रालयले गरेको आग्रह अस्वीकार गरेको हो ।

महासंघले वार्ता नबसी झन् सशक्त आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ ।

आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।

महासंघले विभिन्न १८ वटा बुँदामा असहमति जनाउँदै आन्दोलन घोषणा गरेको हो ।

महासंघले यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएको तर विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ।

विद्यालय बन्दको घोषणा स्थगित गरी शिक्षक महासंघलाई वार्तामा बस्न सरकारको आह्वान (विज्ञप्ति सहित)