कांग्रेस केन्द्रीय सदस्यमा आठ जना मनोनित

Nepal Cover
४ आश्विन २०८०, बिहीबार
image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेस विधान, १०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम आठ जनालाई सभापति देउवाले कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयन हुनेहरुमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा छन् ।