टोखाको एक पानी उद्योगलाई २ लाख रूपैयाँ जरिवाना

  Sampatti News

September 26, 2023

 काठमाडौं । वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ ।

नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागका प्रवक्ता पोखरेलले जानकारी दिए ।  फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनेको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ ।

सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो । नेपाल बोत्तल बन्द पिउने पानी उद्योग संघले भने कारोबार पारदर्शी नभएको भन्दै पानी उद्योगमाथि कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति:September 26, 2023