सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन : उपमेयर डंगोल

  Sampatti News

September 27, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रहसमेत गरिन्। उनले यो समस्या देशभरकै सबै शहरहरूमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत नीति बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारिन्।

उपमेयर डंगोलले सो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि अनुरोध गरिन्। काठमाडौं महानगरपालिकालाई कसैको दबाब भन्दा पनि सुझाव आवश्यक रहेको पनि उनको भनाइ थियो। उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई आफ्ना नीति र कार्यक्रम अनुसार अघि बढिरहेको बताइन्।

उपमेयर डंगोलले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीहरूको समस्या समाधान गर्नुपर्ने बताइन्।

प्रकाशित मिति:September 27, 2023