आज विश्व पर्यटन दिवस मनाइँदै

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वरा बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई स्वागत

  Sampatti News Online

September 27, 2023

काठमाडाैं । विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
‘सबैका लागि पर्यटनस् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ ४४ औं विश्व पर्यटन दिवस मनाइँदै छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई स्वागत गरेको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई खादा लगाएर स्वागत गरेका हुन । साथै समितिले आज बौद्धनाथ महाचैत्य अवलोकनका लागि पुगेका प्रथम दश जना पर्यटकहरुलाई प्रवेश निशुल्क समेत गरेको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए । स्वागत कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु रग्वा शेर्पा, सैलेश श्रेष्ठ, सुरज रुम्बा, पशुपतिनाथ ९श्याम०खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:September 27, 2023