प्रहरीमाथि ढुंगा हान्ने दुर्गा प्रसाईंका ५ समर्थक पक्राउ

Nepal Cover
८ मंसिर २०८०, शुक्रबार
image

काठमाडौं, ८ मंसिर । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका पाँच जना पक्राउ परेका छन् ।

काठमाडौँको विभिन्न ठाउँबाट प्रसाईंको अभियान समर्थकहरू पक्राउ परेका हुन् । प्रहरीमाथि आक्रमण गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।