काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी, तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

  Sampatti News Online

May 31, 2024

काठमाडौँ । काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री सेल्सियस पुग्नेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिचमा रहने जनाएको छ । त्यस्तै विभागले आज काठमाडौँ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जनाएका छ ।

यसैगरी हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।

प्रकाशित मिति:May 31, 2024