एक करोड एक लाखसहित एक जना पक्राउ

  Sampatti News Online

June 2, 2024

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।

सहप्रवक्ता थापाका अनुसार सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

सहप्रवक्ता थापाले रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताए।

प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेका उनको भनाइ छ ।

प्रकाशित मिति:June 2, 2024