स्रोत नखुलेको यति धेरै रकमसहित चाबहिलबाट दुई जना पक्राउ

  Sampatti News Online

June 2, 2024

काठमाडौँ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा छन् । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् ।

चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

प्रकाशित मिति:June 2, 2024