मुलघर सहकारीको १२ औँ स्थापना दिवसः सिन्दुरेघारीमा बृक्षरोपण

  Sampatti News Online

June 3, 2024


रौतहट । रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारीमा बृक्षरोपण गरिएको छ । मुलघर सहकारीको १२ औँ स्थापना दिवसको अवसरमा बृक्षरोपण गरिएको हो ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जन्म दिनलाई सतकर्ममा जोडौँ’ अभियानमा एक्यवद्धता जनाउदै बृक्षरोपण गरिएको सो अभियानमा सुरुवात देखि जोडिएका राष्ट्रसेवक प्रराज चौलागाईंले बताएका छन् ।
सोमबार स्थापना दिवस स्मरण गर्दै मरधर चादिमा ५० वटा विभिन्न जातका बृक्षरोपण गरिएको संस्थाका उपाध्यक्ष बिक्रम चौलागाईंले सम्पत्ति न्युजलाई बताए ।
बृक्षरोपणमा चन्द्रपुर सहकारी शाखा प्रमुख शेख नसरे आलम, सस्थाका लेखा समिती प्रमुख बिक्रम चौलागाईं, शिबराम तामाङ लगायत झण्डै १ सय जनाको उपस्थिती रहेको थियो ।
पछिल्लो समयमा यो अभियानले ब्यापक चर्चा बटुलेर केही संस्थाहरुले बृक्षरोपणका कार्यहरु थालेपनि सरकार भने मौन छ ।

प्रकाशित मिति:June 3, 2024