खराब मौसमका कारण उडान प्रभावित

  Sampatti News Online

June 4, 2024

काठमाडौँ । मंगलबार बिहानै एकाएक मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् ।

पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का प्रवक्ता सुवास झाले जानकारी दिए ।

खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड (अवतरण) गर्न नसकेर लासा डाइर्भट गरिएको प्रवक्ता झाले जानकारी दिए ।

अन्य उडानहरू केही समय होल्ड भए पनि थप समस्या नआएको उनले बताए । आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको उनको भनाई छ ।

प्रकाशित मिति:June 4, 2024