‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानमा जोडिएर बृक्षरोपण

बिश्व वातावरण दिवस

  Sampatti News Online

June 5, 2024


काठमाण्डौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारालाई झन् सार्थक बनाउन ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अन्तर्गत जेष्ठ २१ गते मुलघर कृषि सहकारी संस्था चन्द्रपुर–९ प्रगतिटोल रौतहटको १२ औँ स्थापना दिवस चन्द्रपुर नगरपालिका –९ को मरधर चादी नदि किनारमा वृक्षरोपण गरी भब्यरुपमा सम्पन्न भएको बताइएको छ । सो अभियानले सुरुवात गरेको स्थानमा झण्डै ६० वटा विभिन्न जातका बिरुवा रोपेर स्थापना दिवस मनाएको थियो ।
चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलमको मुख्य उपस्थिती र सस्थाका अध्यक्ष महेन्द्र चौलागाईं, उपाध्यक्ष ज्ञानबहदुर भट्ट, सचिव बिरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष गोमामाया मिश्र लेखा समिती संयोजक बिक्रम चौलागाईं, शिबराम तामाङ लागायत विभिन्न उपसमिती सदस्य र शेयर सदस्यको सकृय उपस्थिती सो कार्यकममा रहेको थियो ।
कार्यक्रममा सो अभियान अन्तर्गतको बृक्षरोपणको सुरुवातका दिनमा जोडिएका सेवाभाबका ब्याक्तित्व समेत कार्यक्रममा सहभागी भएर बृक्षरोपण गरेको प्रहरी नायब निरीक्षक प्रराज चौलागाईंले सम्पत्ति न्युजलाई बताए । उनका अनुसार मुलघर सहकारीले यस क्षेत्रमा लोकप्रियता कायम गर्दै गएको बताइएको छ । पछिल्लो समयमा वातावरणलाई सभ्य बनाउन यो अभियान देशभरमै गुञ्जयमान भई राष्ट्रिय अभियान बनेको छ ।
आज विश्व वातावरण दिवस–२०२४ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति:June 5, 2024