काठमाडौंको दक्षिणकालीमा दुईजना मृत फेला

  Sampatti News Online

June 6, 2024

काठमाण्डौँ । काठमाडौंको दक्षिणकालीमा दुईजना मृत फेला परेका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारी स्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश ३-०२-००७ प ३८१२ नम्वरको पल्सर मोटरसाइकलसहित धादिङ सिद्धलेख गाउँपालिका ५ घर भई हाल जिल्ला भक्तपुर बस्दै आएका वर्ष ४२ का रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका ५ भक्तपुरकी वर्ष ३२ की सबिना राईको शव फेला परेको प्रहरीले बताएको छ ।

केराबारी स्थित भिरमा शव देखेपछि स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी टोलि खटिएको थियो । सडक बाटोबाट करिब २०० मिटर तल भिर पहरामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त किर्तिपुरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:June 6, 2024