टीआरसी विधेयक टुंगो लाग्न आट्नु सकारात्मक : प्रधानमन्त्री ओली

  Sampatti News 2024

August 14, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुग्नु सकारात्मक भएको बताएका छन् । आज बसेको बसेको प्रतिनिभिसभा बैठककमा टीआरसीका विषयमा बोल्दै संसदीय समितिबाट अझिल्एका विषयमा सर्वसहमति भएको भन्दै आज प्रतिनिधिसभाबाट पारित हुने बताए ।

उनले भने– ‘टीआरसी टुंगो लगाउनुपर्ने थियो । यस सम्बन्धमा हामीले अलिक ढिलो गर्यौं । शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेका छौँ । अन्तिम टुंगो लागेको थिएन । केही विषय अल्झिएका थिए । तिनको गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मत आइसकेको छ ।’

उनले पीडितमैत्री रुपमा विधेयकलाई अघि बढाइएको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक ऐन बनेपछि सरकारको तर्फबाट पूरा सहयोग हुने बताए ।

प्रकाशित मिति:August 14, 2024