एमाले कांग्रेसको गठबन्धन धेरै टिक्दैन : प्रचण्ड

  Sampatti News 2024

August 21, 2024

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको एमाले–कांग्रेसको गठबन्धनद्वारा बनेको सरकार धेरै नटिक्ने दाबी गरेका छनन् ।

बुधबार बागमती प्रदेश स्तरीय परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले सरकारमा जाने विषय प्राथमिकतामा नराखेको समेत बताए ।

तत्काल सरकारमा नजाने बताउँदे उनले वर्तमान गठबन्धन धेरै नटिक्ने जिकिर गरेका हुन् ।

‘अध्यक्ष दाहालले भने– ‘सरकारमा हामी तत्काल जाँदैनौं । सरकारमा जाँदै नजाने भन्ने नीति चाहिँ होइन तर हामीले सरकारलाई प्राथमिकतामा राखेका छैनौं । कांग्रेस एमालेभित्रको अहिलेको छाँटकाँट हेर्दा धेरै अगाडि जाने देखिँदैन ।,’

त्यस्तै उनले बाहिर आएका विषयलाई पन्छाएर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:August 21, 2024