राष्ट्रपति पौडेलद्वारा एक विधेयक प्रमाणीकरण

  Sampatti News 2024

October 9, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।

सदनको दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति:October 9, 2024