निर्वाचन आयोगले उपनिर्वाचनका लागी माग्यो १० करोड खर्च

  Sampatti News 2024

October 16, 2024

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रकम सरकारसँग माग गरेका छन् ।

उपनिर्वाचनका लागि करिब १० करोड माग गरिएको आयोगका सूचना अधिकारीले जानकारी दिए । उपनिर्वाचनका लागि १० करोड हाराहारी माग गरिएको छ । अहिले सम्म अर्थ मन्त्रालयबाट रकम भने प्राप्त भइसकेको छैन,” उनले भने ।

मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर २ गते उमेदवारी दर्ता गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति:October 16, 2024