प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

Nepal Cover
१ कार्तिक २०८१, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने दुई अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा अहिलेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको हो । उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुर्य सय ९० रुपैयाँ जम्मा भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा जम्मा भएको उक्त रकम बुधबार (३० असोज) सम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम जम्मा भएको छ।

३० असोजमा कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली संगठनले ५१ लाख र राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्स्योरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।