मोरङका एसपी हेडक्वार्टर तानिए

  Sampatti News 2024

October 18, 2024

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की हेडक्वार्टर तानिएका छन् ।

आर्थिक अनियमिततामा मुछिएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए ।

सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा खटाइएको छ ।

प्रकाशित मिति:October 18, 2024