October 22, 2024
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् । मंगलबार समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर घिमिरेले यसतो निर्देशन दिएका हुन् ।
घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका थिए । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए ।
समिति सभापतिहरूले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरूले बताएका छन् ।
बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरूले बताएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।
प्रकाशित मिति:October 22, 2024