मन्त्रिपरिषद् बैठक बस्दै, सचिवको बढुवा हुने

  Sampatti News 2024

October 24, 2024

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने बोलाएका छन् ।

प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुने छ । निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ । मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति:October 24, 2024