मधेस प्रदेश : कुन–कुन स्थानीय तहमा हुँदैछ उपनिर्वाचन

Nepal Cover
२६ कार्तिक २०८१, सोमबार
image

धनुषा । आगामी मंसिर १७ गते मधेश प्रदेशका सात ओटा वडामा उप निर्वाचन हुने भएको छ।

मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ मा उपनिर्वाचन हुनेछ। 

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६  र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।