November 20, 2024
काठमाण्डू, साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ ।
आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दूमा पुगेको छ ।
बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
मंगलबार सेयर बजारको कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ रहेको थियो ।
१४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसमूहमध्ये पाँच वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । बुधबार नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।
प्रकाशित मिति:November 20, 2024