सहकारी पीडितले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा माइतीघर मण्डलामा झडप

  Sampatti News

November 20, 2024

काठमाण्डू, प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ ।

झडपमा केही प्रदर्शनकारीका साथै प्रहरी पनि घाइते भएका छन् । दुई घाइतेलाई ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।

अवस्था सामान्य भएपछि प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ लागेका छन् ।

प्रदर्शनकारीले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो गुहार ! गुहार !’, ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर’ लगायत नारा लगाएका छन् ।

प्रकाशित मिति:November 20, 2024