काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । फागुन ८ गते कायम सुनको मूल्य एक लाख ७१ हजारको मूल्यलाई ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएकाे हो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।