काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ७.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७६५ अंकमा पुगेको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रह्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल ल्यूब आयलको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.९७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड ६२ लाख ७३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको साढे २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।