March 7, 2025
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार बाँडफाँट गरिएको छ। आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे बाँडफाँट गरिएको हो।
कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओको अन्तिम नतिजा सीडीएससीको मेरो शेयर, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल र धितोपत्र निष्कासनकर्ता नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइटमा गएर हेर्न सकिन्छ।
प्रकाशित मिति:March 7, 2025