नेप्सेको सीइओको लागि ५ जनाको नाम ‘सर्टलिस्ट’, को–को परे

  Sampatti News Online

March 16, 2025

काठमाडौँ । नेपाल स्टक एक्सचञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ।

सर्टलिस्टमा पर्नेहरुमा चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् । उनीहरुलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि बोलाइएको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए। जसमध्ये यी ५ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो। सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो ।

प्रकाशित मिति:March 16, 2025