काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।
शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।
