काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ ।
आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ भने आरएसडिसी लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंकको करिब साढे ३७ करोडको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको करिब ३७ करोडको शेयर कारोबार भएको छ।