विभिन्न चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

Nepal Cover
१० चैत्र २०८१, सोमबार
image

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

सोमबार  कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी एस.डी.कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौँ, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए.कन्स्ट्रक्सन काठमाडौँलाई कालो सूचीमा राखिएको हो ।

उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।