धेरै काम गर्न सकिएको छैन : मन्त्री गुप्ता

Nepal Cover
२० मंसिर २०८२, शुक्रबार
image

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन्। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रुपमा कमजोर रहेको बताए। उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए।

उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरू छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन्। तर सरकार अहिले आर्थिक रूपमा कमजोर अवस्थामा भएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन। हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरू समधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ। ट्राफिक र सवारी चालकहरूले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मक दृष्टिकोण भएन भने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कार्यान्वयन हुन गाह्रो हुने बताए।

आफ्नो मन्त्रालय खेलकुद मन्त्रालय मात्र नभई युवा मन्त्रालय पनि भएको भन्दै अब युवा भन्ने पक्षलाई ध्यान दिएर सबै क्षेत्रमा अगाडि बढ्ने पनि उनको भनाई छ।