काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ ।
भण्डारी केहीबेरअघि मात्रै प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेकी हुन् । जेन–जी आन्दोलनपछि भग्नावशेषमा परिणत भएका संरचना अवलोकनका लागि भण्डारी सिंहदरबार पुगेको भनिएको छ ।
तर, स्रोतका अनुसार उनी र प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर सिंहदरबार पुगेकी हुन् ।