पूर्व गृहमन्त्री रमेश लेखक १३ औँ दिनमा रिहा

Nepal Cover
२६ चैत्र २०८२, बिहीबार
image

काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । 

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।