श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह बर्खास्त

Nepal Cover
२६ चैत्र २०८२, बिहीबार
image

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् । स्रोतका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ भने औपचारिक घोषणा भने हुन बाँकी रहेको छ । उनी मन्त्रालय आएका छैनन् ।

जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाएको थियो । तर  अहिले उनी सदस्यको हैसयतामा बोर्ड बैठकमा सामेल भएकी छन् । 

सोही प्रकरणसँग जोडिएर चर्किएको आलोचना र राजनीतिक दबाबका बीच उनलाई पदबाट हटाउने निष्कर्षमा सरकार पुगेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, “विवाद बढ्दै गएपछि अब निरन्तरता दिन सक्ने अवस्था देखिएन, हटाउने निर्णय भइसकेको छ,” भन्दै औपचारिक निर्णय सार्वजनिक गर्ने प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मन्त्री शाहलाई पदबाट फिर्ता बोलाउनेबारे छलफल भइरहेको थियो । पार्टीको अनुशासन समितिले उनीमाथि छानबिन गरिरहेको र ‘राइट टु रिकल’ नीतिअनुसार प्रक्रिया अघि बढाइएको बताइएको थियो ।

यसैबीच, मन्त्री शाह आज मन्त्रालयमा अनुपस्थित रहेको विषयले समेत थप चर्चा पाएको छ ।