काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । चैत २४ गते मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन समाप्त गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । कार्यालयको पत्रमा भनिएको छ, ‘संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२:०० बजेदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।’
यसैगरी, राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।