सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने

  Sampatti News

December 6, 2020

काठमाडौँ । सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद (कर प्रयोजनको लागि) सहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने भएका छन् ।

प्रकाशित मिति:December 6, 2020