कामना सेवाबैंकद्धारा सुरेश गन्धर्बलाई ५० हजार सहयोग

Nepal Cover
२१ मंसिर २०७७, आईतवार
image

काठमाडौँ । कामना सेवा विकास बैंकले गायक सुरेश गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप रु.५० हजारको चेक हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डभित्र रही शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, सामाजिक रुपले पिछडिएका वर्गका आयआर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्दै आइरहेको बैंकले गायक गन्धर्बलाई उपचारका लागि सहयोग गरेको हो ।