मृत अवस्थामा फेला

  Sampatti News

December 6, 2020

कास्की, पोखरा महागरपालिका–९ पृथ्वीचोकस्थित सुबास होटलको कोठामा मुस्ताङ जोमसोम बस्ने ४२ वर्षीय मिन बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । मङ्सिर १३ गतेदेखि गुरुङ उक्त होटलमा बस्दै आएको भन्ने बुझिएको छ ।
रुपन्देही, कञ्चन गाउँपालिका–२ कटुवास्थित कञ्चन खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान, कुमाख गाउँपालिका–६ मौलाहाल्ने बजारस्थित सडकदेखि करिब ५० मिटर टाढा खोल्सामा अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति:December 6, 2020