मृत अवस्थामा फेला

Nepal Cover
२१ मंसिर २०७७, आईतवार
image

कास्की, पोखरा महागरपालिका–९ पृथ्वीचोकस्थित सुबास होटलको कोठामा मुस्ताङ जोमसोम बस्ने ४२ वर्षीय मिन बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । मङ्सिर १३ गतेदेखि गुरुङ उक्त होटलमा बस्दै आएको भन्ने बुझिएको छ ।
रुपन्देही, कञ्चन गाउँपालिका–२ कटुवास्थित कञ्चन खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान, कुमाख गाउँपालिका–६ मौलाहाल्ने बजारस्थित सडकदेखि करिब ५० मिटर टाढा खोल्सामा अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।