आईएमई लाईफ इन्स्योरेन्सको सेवा अब च्याटबाटै

Nepal Cover
२२ मंसिर २०७७, सोमबार
image

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्याएको छ ।

आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ती तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम् प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन आईएमई लाइफ ३६० यूअर्स भर्चुअर असिस्ट संचालनमा ल्याएको हो ।

हाल यो सेवा कम्पनीको वेभसाइटमा उपलब्ध रहेको छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

च्याटबट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं। परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सक्नेछन् ।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजत पत्र नवीकरण प्रक्रिया सम्मको जानकारी च्याटबटमार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत राखी तत्कालै समाधान पाउन सक्नेछन् ।

हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबट सेवाले सहजता दिने कम्पनीको विश्वस्त रहेको छ ।