चौमासको राजस्व असुली लक्ष्यभन्दा बढी

Nepal Cover
२ पुष २०७७, बिहीबार
image

कोभिड–१९ को संक्रमणको जोखिमको प्रभावले आर्थिक गतिविधि संकुचन हुँदा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३
सुन्य ९ प्रतिशतले संकुचन भएतापनि राजस्वसहित नेपाल सरकारको कुल प्राप्ति १ दशमलव ७७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा भन्सार महशुल, पैठारी संकलन हुने मूल्य अभिवृद्धि कर र आयकरमा समान्य वृद्धि भएको छ । भने अन्य कर शीर्षक अन्तर्गत संकलन भएको राजस्वमा संकुचन आएको छ । गैरकर राजस्व उल्लेख्यरुपमा घटेको छ । कोभिड–१९ महामारीको समयमा उपभोक्ता अत्यावश्यक उपभोग बाहेक अन्य उपभोग कम गरेका तर लगानीकर्ता समेत लगानी गर्न हिच्किचाएका कारण कुल उपभोग तथा लगानीमा कमी आएको कारण सो को प्रत्यक्ष प्रभाव राजस्व परिचालनमा परेको छ ।