मधेश सरकार विस्तार, थपिए ६ मन्त्री
काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले आजै शपथ…
सम्पत्ती न्यूज
१६ पुष २०८२, बुधबार