कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द
काठमाडौँ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा…
सम्पत्ती न्यूज
१८ आश्विन २०७७, आईतवार