बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले होली पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते रिलिज गरिएको यो गीत विश्वकर्माको अफिसियल युट्युब च्यानल ‘रुद्रसेन क्रिएशन’ मार्फत उपलब्ध छ । लोकप्रिय गायिका समीक्षा अधिकारीसँगको युगल गायन रहेको गीतमा रुद्रसेनकै शब्द, संगीत रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् । भिडियोमा नायक आर्यन सिग्देल, बिना…