अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त
काठमाडौँ । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेल र रिजाललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सम्पत्ती न्यूज
१३ असार २०७९, सोमबार