लागुऔषध सहित ४ जना पक्राउ
काठमाडौं । झापा र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले हिजो साँझ २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-२ का २४ बर्षीय खुमराज भण्डारी र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेत रहेका छन् ।…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार