ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
गाईघाट । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको मृत्यु भएको छ । जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो साढे १ बजेतिर ना४ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा असई बस्नेतको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर…
सम्पत्ती न्यूज
२८ भाद्र २०८०, बिहीबार