नाउपामा संसदीय दलको नेतामा गंगा चौधरी, रञ्जिता आउट
काठमाडौं । नागरिक उन्मुत्ति पार्टी(नाउपा)की केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छिन् । श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले प्रमुख सचेतक गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।
सम्पत्ती न्यूज
१८ असार २०८१, सोमबार